ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्राइम कमर्सियल बैंकको ऋणपत्र खरीदका लागि आवेदन दिने मंगलवार अन्तिम दिन  

२०७९ असार, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १४ , काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने असार १४ गते अन्तिम दिन रहेको छ । 

कम्पनीले रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कम्पनीले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको “१०.१५ प्राइम डिबेन्चर २०८४” नामको ऋणपत्र विक्री गर्न लागेको हो ।

प्रतिकित्ता रू. १ हजार अंकित दरका कुल कित्ता ऋणपत्रमध्ये रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत र रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र भने कम्पनीले व्यक्तिगत तवरबाट विक्री गर्नेछ । 

यो ऋणपत्रमा सामूहिक लगानी कोषहरूबाट भने आवेदन प्राप्त नभएको बैंकले जानकारी दिएको छ । यो ऋणपत्र खरीदका लागि छिटोमा असार ३ गतेसम्मको अवधि तोकिएको थियो । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि असार १४ गतेसम्म विक्री खुला गरिएको हो । 

यो ऋणपत्र विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । खरीदकर्ताहरूले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको यो ऋणपत्रलाई केयर रेटिङग नेपालले समयमै दायित्व पूरा गर्ने तथा न्यूनतम कर्जा जोखिम रहने संकेत गर्ने केयर एनपी सिङ्गल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको वित्तीय दायित्व क्षमता औसत रहेकोसमेत संकेत गर्दछ ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement