ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सानिमा लार्ज क्याप फण्ड जेठ मसान्तसम्म १५ करोडभन्दा बढी नोक्सानीमा

२०७९ असार, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १४, काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्ड जेठ मसान्तसम्म रू. १५ करोड २५ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । 

योजनाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वैशाख महीनाको तुलनामा नोक्सानी रकम बढी भएको हो । वैशाख मसान्तसम्म योजना रू. ४ करोड ९६ लाखभन्दा बढी नोक्सानीमा रहेको थियो । वैशाख महीनामा रू. १ करोड ८८ लाखभन्दा बढी खर्च गरेको योजनाले जेठ महीनामा रू. २ करोड ५ लाखभन्दा बढी खर्चिएको छ ।

धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उदेश्यसहित २०७७ साल माघ २३ गतेदेखि सञ्चालन हुँदै आएको ७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड इकाई जारी गरेको थियो ।

जेठ मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. ८ दशमलव ८८ रहेको छ । वैशाख मसान्तसम्म योजनाको यो मूल्य रू. ९ दशमलव ७४ रहेको थियो । जेठ मसान्तसम्म योजनाले धितोपत्र दलाल कमिसन तथा कारोबार शुल्कसमेत गरी रू. ७६ करोड २५ लाखभन्दा बढी रकम धितोपत्रमा लगानी गरेको छ ।
 योजनाको लगानीको बजारमूल्य भने लागत मूल्यभन्दा कम रहेको छ । योजनाको वित्तीय विवरण अनुसार धितोपत्रमा भएको लगानीको बजारमूल्य भने रू. ५८ कराड ५६ लाखभन्दा बढी मात्र रहेको छ । यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा रू. ४ करोड लगानी गरेको छ ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement