ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एकैदिन उच्च अंकले बढेको नेप्से दैनिक सुस्त गतिमा घट्दै

२०७९ असार, १४  
लगानी शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

असार १४, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार करीब ९५ अंक बढेको शेयर बजार सूचक नेप्से सुस्त गतिमा घट्न थालेको छ ।

त्यसपछिका दुई कारोबार दिन सोमवार र मंगलवार नै नेप्से घटेको हो । सोमवार नेप्से २३ अंक घटेको थियो भने मंगलवार ११ दशमलव ८२ अंक घटेको छ ।  पछिल्लो समय नेपाल धितोपत्र बोर्डले बजारलाई प्रत्यक्ष प्रभाव पार्ने ऐन नियमलाई समय सापेक्ष बनाउने र शेयर बजारको विस्तारका लागि काम गर्ने प्रतिबद्धता गरेसँगै आइतवार नेप्से परिसूचकमा हरियाली छाएको थियो ।

शुक्रवार र आइतवार लगातार दुई दिन बढेको बजार अबका दिनमा यही विन्दुमै रहन सक्ने विश्लेषको भनाइ छ । लामो समयपछि उच्च अंकले बजार बढ्दा लगानीकर्तामा खुशियाली छाएको थियो । तर, बढेको बजारमा नाफा बुक गर्नेको हाबी भएसँगै बजार घटेको कतिपयको भनाइ छ । 

मंगलवार नेप्से शून्य दशमलव ६१ प्रतिशत घटेर १ हजार ९२१ विन्दुमा बन्द भएको हो । सो दिन कारोबारमा आएका २३० ओटा धितोपत्रको ३० लाख ३७ हजार ६८० कित्ता रू. १ अर्ब ५ करोड खरीदविक्री भएको छ । 

कारोबारमा आएका २३० धितोपत्रमध्ये सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू. ८७१ दशमलव ७० कायम भएको छ । 

त्यसैगरी सर्वाधिक मूल्यको शेयर खरीद विक्री एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको रू. ७ करोड ३१ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको हो । त्यस्तै कारोबारमा आएका १३ समूहमध्ये बैंकिङ र जीवन बीमा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।

जीवन बीमा समूहको १ दशमलव शून्य ३ प्रतिशत र बैंकिङ समूहको शून्य दशमलव शून्य २ प्रतिशत परिसूचक वृद्धि भएको हो । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement