ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

चेक अनादर विगोका अभियुक्त बालुवाटारबाट पक्राउ

२०७९ असार, १६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार १६, काठमाडौं। प्रहरीले चेक अनादर विगो मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको चौरी देउराली गाउँपालिका - ९ घर भई ललितपुरस्थित पुल्चोक बस्‍दै आएका ४९ वर्षीय नाम्गेल दोर्जे लामा रहेका छन् ।निजलाई अपराध अनुसन्धान कार्यालयको टोलीले बालुवाटारबाट बुधवार पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतले २०७७ माघ २५ गते उनीविरुद्ध चेक अनादर विगो मुद्दामा १ करोड २० लाख रुपैयाँ र चेक जारी भएको मितिदेखि भरीभराउ मितिसम्‍म कानून बमोजिम ब्‍याज दिने ठहर गरेकोमा उक्त विगो नभराइ फरार भएपछि २ वर्ष थुनामा राख्‍ने फैसला सुनाएको थियो । तर उनी सोही दिनदेखि फरार थिए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement