ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

२ हजार विन्दुमाथि पुग्यो नेप्से, कुल बजार पूँजीकरण २९ खर्बभन्दा बढी

२०७९ असार, १६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार १६, काठमाडौं । साताको पाँचौ कारोबार दिन बिहीवार नेप्से परिसूचक ३ दशमलव ८२ प्रतिशत अर्थात ७४ दशमलव ९३ अंक बढेको छ । याे दिन नेप्से परिसूचक २ हजार ३७ दशमलव ६४ विन्दुमा पुगेको हो । बिहीवार कारोबारमा आएका २२७ धितोपत्रको ७२ लाख ५४ हजार ७० कित्ता शेयर ४७ हजार ३९२ पटक काराेबार हुँदा रू. २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ बराबरको शेयर खरीदविक्री भएको छ । यससँगै कूल बजार पूँजीकरण रू. २९ खर्बभन्दा बढी पुगेको छ । 

लगानीकर्ताको आन्दोलनपछि धितोपत्र बोर्डले बजार सुधारमा अग्रसरता देखाउने प्रतिबद्धता जनाएसँगै लगानीकर्ताको मनोबल सकारात्मक बनेकाे देखिन्छ । यसो त घटेको बजारमा कम्पनीहरूको शेयर मूल्य निकै सस्तो भएको छ । सोही कारण पनि खरीदकर्ताको आकर्षण देखिएको हो । साथै पूँजीबजार विकास र विस्तारका लागि बजारमैत्री मौद्रिक नीति आएमा नेप्सेले नयाँ गति लिन सक्ने शेयर विश्लेषकहरू बताउँछन् ।

नेप्सेको सपाेर्ट विन्दु १ हजार ९०० मा आएकाले खरीदकर्ताको आकर्षण बढ्दा बिहीवार बजार बढेको प्राविधिक विश्लेषक बताउँछन् ।  

यसो त शेयर बजार घटबढ भइरहन्छ । लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको हरेक पक्षलाई राम्रोसँग केलाएर लगानी गरेमा जोखिम कम हुने गर्दछ । 

बिहीवार कारोबार भएका धितोपत्रमध्ये ६ को मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स, मैलुङखोला जलविद्युत कम्पनी र न्यादी हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बिहीवार १० प्रतिशतका दरले बढेर सकारात्मक सर्किट लागेको छ। त्यसैगरी, आँधीखोला लघुवित्त वित्तीय संस्था, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशतका दरले बढेर सकारात्मक सर्किट लागेको छ । 

बिहीवार ग्लोबल आईएमई बैंक लिमिटेड डिबेञ्चर २०८६ नामक ऋणपत्रको मूल्य ३ दशमलव ८९ प्रतिशत घटेर रू. ९२३ कायम भएको छ । त्यसैगरी, दोस्रोमा बरुण हाइड्रोपावर कम्पनीको शेयर मूल्य २ दशमलव ६५ प्रतिशत घटेर रू. ४७७ कायम भएको हो ।

यस दिन सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेण्टको भएको छ । कम्पनीको रू. ९ करोड ९५ लाख बराबरको शेयर खरीदविक्री भएको हो । त्यसैगरी, सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टीलरीको रू. ७ करोड ९७ लाख बराबरको भएको छ । कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक समग्र बढेसँगै नेप्से परिसूचक बढेको हो । सबैभन्दा बढी व्यापार समूहको समूहगत परिसूचक ७ दशमलव ३१ प्रतिशत बढेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement