ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

श्रीलंकासँग सहमतिको बाटोमा अन्तरराष्ट्रिय मुद्रा कोष 

२०७९ असार, १६  
अन्तरराष्ट्रिय
Image Not Found

असार १६, कोलम्बो (श्रीलंका) । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष IMF र खराब आर्थिक संकटको सामाना गरिरहेको श्रीलंकाबीच वित्तीय उद्धारसम्बन्धी वार्तामा प्रगति भइरहेको बताइएको छ ।

श्रीलंकाको आर्थिक नीति र सुधारलाई आईएमएफको विस्तारित कोष सुविधा (ईएफएफ) व्यवस्थाले टेवा दिने विषयमा दुई पक्षबीच चलिरहेको वार्ता रचनात्मक र सकारात्मक ढंगले अगाडि बढिरहेको र वार्ता सहमति नजिक पुगेको IMF ले बिहीवार जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

अहिले IMF का झन्डै एक दर्जन अधिकारीहरू श्रीलंकाली अधिकारीहरूसँग वार्ता गर्न कोलम्बोमा छन् । यो चरणको वार्ता सकिनै लाग्दा कोषबाट पछिल्लो अभिव्यक्ति आएको हो । यसले श्रीलंकाले आफ्नो सार्वजनिक वित्तलाई व्यवस्थित गर्न सक्ने र उसलाई कर्जा प्रवाह गर्न कर्जादाताहरू राजी हुन सक्ने आशा पलाएको छ ।

निकट भविष्यमा कर्मचारी स्तरको सम्झौतामा पुग्ने उद्देश्यले वार्ता अनलाइनमार्फत जारी राखिने IMF ले बताएको छ । अहिले श्रीलंकाले दशकौंयताकै खराब वित्तीय संकटको सामना गरिरहेको छ । डलर सञ्चिति सुकेपछि अहिले अत्यावश्यक सामग्री आयात गर्न त्यहाँको सरकारलाई सकस भइरहेको छ भने केही विदेशी कर्जाको साँवा र ब्याज भुक्तानी गर्न पनि असफल भएको छ । 

श्रीलंकाको सार्वजनिक कर्जा अस्थिर खालको छ । कोषबाट कुनै पनि सहायता पाउनुअघि श्रीलंकाले विद्यमान कर्जालाई निश्चित स्तरमा ल्याउनु पर्ने IMF ले बताएको छ । तर, आईएमएफको कर्मचारी स्तरको सम्झौतापछि पनि श्रीलंकाको कर्जा पुनःसंरचना लामो प्रक्रिया हुन सक्ने विश्लेषकहरूले बताएका छन् ।

यो वर्षको बाँकी अवधिमा श्रीलंकाको वित्त स्थिर बनाउन कम्तिमा पनि ६ अर्ब डलर चाहिने बताइएको छ । आयातको लागि सरकारसँग एक सेन्ट पनि छैन अनि इन्धनको सञ्चिति पनि एकदमै न्यून छ । आईएमएफको टेवाले श्रीलंकालाई कर्जादाताहरूबाट कर्जा प्रवाहसम्बन्धी प्रतिबद्धता हासिल गर्न मद्धत पुग्नेछ । एजेन्सी
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement