ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

देशको आर्थिक अवस्था सुधारका विषयमा सीबीफिनद्वारा प्रधानमन्त्रीसँग छलफल

२०७९ असार, १६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार १६, काठमाडौं ।बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल CBFIN  को प्रतिनिधिमण्डलले बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट तथा छलफल गरेको छ ।

सीबीफिनका अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले व्यापार घाटा न्यूनीकरण गर्न आयातमा नगद मार्जिनको पूर्ववत व्यवस्था लागू गर्नुपर्ने, बैंकमार्फत आउने रेमिट्यान्स निक्षेप राखे २ प्रतिशत थपेर ब्याज दिने व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।

साथै प्रतिनिधिमण्डलले  आव २०७९/ ८० को लागि प्रस्तुत बजेट कार्यान्वयनको दिशामा अग्रसर हुँदै गएको र नेपाल राष्ट्र बैंकले समेत आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तर्जुमा गरिरहेको सन्दर्भमा देशको वर्तमान आर्थिक अवस्था सुधारका लागि चालिनुपर्ने नीतिगत कदमहरुको वारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

सो अवसरमा उसले बैंक तथा वित्तीय संस्थाका अप्ठारा र चुनौतिहरु र सम्बोधनका लागि सुझावहरु–०७८, तरलता अभावका कारण र समाधानका लागि सुझावहरु–०७८, विप्रेषण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा तयार गरेको बैक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाह भइरहेको कर्जाले नेपालको व्यापार घाटामा प्रभाव–०७९, लगायतका सुझावसहितका प्रतिवदेनहरु र वर्तमान समयमा जल्दाबल्दा देखिएका विभिन्न आर्थिक एवं वित्तीय क्षेत्रका महत्वपूर्ण विषयहरुमा तयार तीनमहले सुझावसमेत बुझाएको छ ।

सो अवसरमा प्रधानमन्त्री देउवाले प्राप्त सुझाव र प्रतिवेदनहरुले औल्याएका कृषि क्षेत्रको सुधार, व्यापार घाटा न्यूनिकरण तथा आयात प्रतिस्थापनका उपायहरु र निर्यातजन्य वस्तुहरु, लगानीका लागि पूँजी निर्माण तथा परिचालन जस्ता विषयहरुमा विशेष ध्यान रहने बताउनुभयो ।

साथै उहाँले वर्तमान अवस्थामा देखिएका समग्र चुनौतिहरुको सामना गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने आश्वासन पनि बताउनुभयो । उक्त प्रतिनिधि मण्डलमा उपाध्यक्ष राजेश उपाध्याय, महासचिव  केशवबहादुर रायमाझी, सचिव कुशकुमार मल्ली, महानिर्देशक गोपाल प्रसाद तिवारीको सहभागिता रहेको थियो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement