असार १७,काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीहरूलाई शेयर वापतको थप रकम जम्मा गर्न अनुरोध गरेको छ । कम्पनीले आगामी भदौ ६ गतेभित्र उक्त रकम जम्मा गर्न आग्रह गरेको हो ।
जेठ २५ मा सम्पन्न चौथो वार्षिक साधारणसभाको निर्णय अनुसार पूँजीवृद्धि गर्न बीमा समितिबाट स्वीकृत प्राप्त भएपछि कम्पनीले संस्थापक शेयरधनीलाई थप रकम जम्मा गर्न अनुरोध गरेको हो ।
कम्पनीले उक्त रकम ग्लोबल आइएमई बैंक कान्तिपथ शाखाको खाता नम्बर ०१०१०१०००७४३१, कुमारी बैंकको पुतलीसडक शाखामा रहेको खाता नम्बर ००१००१७३९५९००००१, सिद्धार्थ बैंकको न्युरोड शाखाकाे खाता नम्बर ००४१५१८८९०१ र नेपाल इन्भेष्टमेन्ट बैंक कालिमाटी शाखाकाे खाता नम्बर ०१७०१०३००३९१५४ मा जम्मा गर्न अनुरोध गरेको छ ।