ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ङादी ग्रुप पावरको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आइतवार

२०७९ असार, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १७, काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आइतवार अर्थात् असार १९ गते रहेको छ । कम्पनीले १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न असार २० गते बुक क्लोज गरेसँगै असार १९ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी रू.७० करोड ६९ लाखको १५० प्रतिशतले हुन आउने प्रतिकित्ता रू.१०० अंकित दरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । उक्त शेयरकाे विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७६ करोडभन्दा बढी पुग्नेछ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement