असार १८, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न प्रदेशका लागि ब्रान्च म्यानेजर माग गरेको छ ।
कम्पनीले मधेश प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला र सहरका लागि ब्रान्च म्यानेजर माग गरेको हो ।
कम्तिमा स्नातक उत्तीर्ण गरेका र जीवन बीमा तथा बैंक क्षेत्रमा अनुभव भएका इच्छुक उम्मेदवारहरुलाई आगामी साउन ३० गतेभित्रमा व्यक्तिगत विवरण, शैक्षिक योग्यतासहितको आवेदन कम्पनीको मेल ठेगानामा पठाउन सूचनामा भनिएको छ ।