ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एनआईसी एशियाद्वारा ओम्नी च्यानलमा मोबाइल बैंकिङ एप स्तरोन्नति

२०७९ असार, २०  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपलाई ओम्नी च्यानल एपमा स्तरोन्नति गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुसार डिजिटल सुविधाहरू स्तरोन्नति गरिरहेको बैंकले बताएको छ । ओम्नी च्यानल एपमार्फत जुनसुकै स्थान र जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ सेवा उपयोग गर्न सकिनेछ । हाल एनआईसी एशियाका मोबाइल बैंकिङ प्रयोगकर्ताले त्यसैलाई अपडेट गरेर ओम्नी च्यानलमा स्तरोन्नति गर्न सक्नेछन् । यस्तै नयाँ ग्राहकले प्ले स्टोरबाट डाउनलोड गरी एप प्रयोग गर्न सक्ने बैंकले बताएको छ ।

सो एपबाट ग्राहकले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिनेदेखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्डका लागि अनुरोध गर्न सक्नेछन् । साथै मुद्दती खाता खोल्ने, चेक अनुरोध गर्ने, ई–कमर्श सुचारु गर्ने लगायत सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement