असार २०, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले अव त अति नै गरेको बताएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा उनले बजेट बनाउने विषयमा अर्थ मन्त्रालयमा करका दर हेरफेर हुनु गम्भिर विषय भएको बताएका छन् । उनले व्यापारिक घरानाको मुख हेरेर बजेट बनाइएको पनि आरोप लगाए ।
देशको अर्थतन्त्रलाई डामाडोल बनाउने काममा सरकार लागेको भन्दै उनले अर्थ मन्त्रालयको सीसीटीभी फूटेज हटाइएको विषयमा सत्यतथ्य संसदीय छानविन समिति गठन गर्नुपर्ने पनि बताए । उनले मुलुकको अर्थतन्त्र, परराष्ट्र सम्बन्ध लगायतका विषयमा अति भएको पनि बताए ।
उनको भनाइ एसपीपी, अर्थ मन्त्रालयमा बजेट निर्माण भइरहेका बेलाको विषयलाई लिएर प्रतिक्रिया व्यक्त गरेका हुन् । उनले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) लाई बाइपास गरेर सरकारले असंसदीय मान्यता अनुरुप व्यवहार गरिरहेको बताए ।
सरकारप्रति लक्षित गर्दै उनले भने, ‘इनफ इज इनफ, अब चाहिं अति नै भयो ।’ उनले मन्त्रीहरु र सत्तापक्षका सांसदले मूल्यमान्यतालाई तोडेर जथाभावी बोल्दै हिंडेको पनि बताए ।