ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

रिलायन्स लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पनि पारित 

२०७९ असार, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार २०, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको सोमवार विशेष साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष ताराचन्द केडियाको सभापत्विमा सम्पन्न सभाले कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

यसैगरी सभाले कुनै जीवन बीमा कम्पनीसगँ एक आपसमा गाभ्ने/  गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनौट गर्ने जस्ता कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

साथै,  सभाले कम्पनीको अधिकृत पूँजी ३ अर्ब रुपैयाँबाट वृद्धि गरी ५ अर्ब रुपैयाँ गर्ने पनि प्रस्ताव पारित गरेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement