ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

संकटमा अर्थतन्त्र, अर्थ मन्त्रालय नेतृत्वविहीन, गभर्नर विवाद

२०७९ असार, ३२  
पाठक विचार
NA

देश आर्थिक संकटोन्मुख छ । तर, यही बेला अर्थ मन्त्रालयमा मन्त्री छैनन् । गभर्नरको नाम प्रतिपक्षी दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यका रूपमा बाहिरिएपछि बेला राष्ट्र बैंक नेतृत्व पनि संकटमा छ । उनलाई राजीनामा गर्न तीव्र दबाब छ । यस्तोमा अर्थनीति कसले सुधार्ला ? श्रीलंकामा जस्तै संकट आउने त होइन ?

अर्थतन्त्र जटिल मोडमा रहेका बेला देशको आर्थिक, वित्तीय र मौद्रिक नीति निर्माण र कार्यान्वयन गर्ने निकायहरू निष्क्रिय छन् । आर्थिक वर्षको अन्त्य र नयाँ आर्थिक वर्षको शुरूको समयमा विगतको नीतिको समीक्षा र आर्थिक सुधारका लागि चालिनुपर्ने कदमबारे सरकार र राष्ट्र बैंकबीच छलफलसमेत हुन सकेको छैन ।

मौद्रिक नीति ल्याउने बेला असामान्य विवादमा परेका गभर्नरले नीतिसम्बन्धी सुझाव लिन आयोजना गरिने पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित हुन थालेको छ । गभर्नर अधिकारी राजीनामा दिनुपर्ने वा उनीमाथि अनुसन्धान गरेर कारबाही चलाउनुपर्ने चौतर्फी दबाबमा छन् ।

यस्तो अवस्थामा राष्ट्र बैंकले स्वतन्त्र र निष्पक्ष ढंगले अर्थतन्त्रको मागअनुरूपको मौद्रिक नीति ल्याउँछ भन्ने विश्वास गर्न नसकिने कतिपयको भनाइ छ । आर्थिक नीतिका लोकप्रिय कार्यक्रमहरूले अर्थतन्त्रमा पार्ने प्रभाव न्यून गर्नेगरी मौद्रिक नीति आउनुपर्ने हो । तर, प्रतिपक्षी दलको समितिमा बसेका भनिएका गभर्नरले जेजस्तो कार्यक्रम ल्याए पनि त्यो विवादमा फस्ने निश्चित नै छ ।

विनोद महर्जन
चाबहिल, काठमाडौं ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement