ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

राष्ट्र बैंक किन ब्याजदर बढाउन चाहन्छ ?

२०७९ साउन, १०  
पाठक विचार
NA

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले ब्याजदर बढाउने नीति लिएको देखिन्छ । मौद्रिक नीति सार्वजनिक गर्नुअघि पनि गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर बढाउन खोजेका थिए । उनले ब्याजदर बढ्छ भनेर सार्वजनिक रूपमा भाषण गरे पनि बैंकर्स संघले ब्याजदर नबढाउने भद्र सहमति गर्‍यो । ब्याजदर बढे पनि तरलताको समस्या समाधान नभएकाले बैंकहरू थप ब्याजदर बढाउन अनिच्छुक देखिएका हुन् । मौद्रिक नीतिले विदेशी मुद्रा आर्जनको स्रोत बढाउने उपायभन्दा पनि कर्जा नियन्त्रण गरी खर्च कटौती गर्ने नीति लिएको देखिन्छ । आयात निरुत्साहन गरी उपभोग घटाउने भनिए पनि राष्ट्र बैंक कर्जा विस्तारमा रोक लगाउन उद्यत देखिन्छ । पूँजीको अभाव कम गर्ने ठोस उपाय मौद्रिक नीतिले लिएको देखिँदैन । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका ठोस उपाय नीतिले समेट्न सकेको छैन । संकुचनकारी नीति लिएकाले ८ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्नु पनि चुनौतीपूर्ण देखिन्छ ।  

सौरभ अधिकारी, कलंकी, काठमाडौं ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement