ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

लालबन्दीबाट रू. २ अर्बको तरकारी निकासी

२०७९ साउन, ११  
मधेश प्रदेश उपभोक्ता
Image Not Found

सर्लाही । सर्लाहीको लालबन्दीस्थित कृषि थोक बजार व्यवस्थापन समितिले गत आर्थिक वर्ष २०७८/७९ मा रू. २ अर्ब ४५ करोड २४ लाख रुपैयाँ बराबरको तरकारी निकासी गरेको छ । समितिले २०७८ साउन १ देखि २०७९ को असार मसान्तसम्ममा ६ करोड १ लाख ६३ हजार किलो तरकारी निकासी गरेको हो ।

गत आर्थिक वर्षको २०७८/७९ को अन्तिम महीनामा मात्रै रू. २० करोड २३ लाख १७ हजार बराबरको ५५ लाख ५० हजार २०० किलो तरकारी निकासी भएको समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए । गत आवको पहिलो महीना साउनमा १९ करोड ६४ लाख ७४ हजार, भदौमा २४ करोड ३ लाख, असोजमा १० करोड ६७ लाख र कात्तिकमा १५ लाख रुपैयाँ बराबरको तरकारी निकासी भएको समितिको तथ्यांक छ ।

यसैगरी मंसिरमा २५ करोड १२ लाख, पुसमा २८ करोड ४ लाख, माघमा ३० करोड ८५ लाख, फागुनमा ३४ करोड ५८ लाख, चैतमा १३ करोड ८६ लाख, वैशाखमा १८ करोड ९९ लाख र जेठमा १० करोड ५३ लाख रुपैयाँ बराबरको तरकारी निकासी भएको समितिले बताएको छ ।

जिल्लाका लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेँडा, परबल, बोडी, सिमी, भण्टा, करेलालगायत तरकारी उक्त बजारमा आउने गरेको छ । सिन्धुली, रामेछाप, काठमाडौं, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौंडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै भारतका सोनवर्षा, सीतामाडीलगायत स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको तरकारी थोक बजार व्यवस्थापन समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए । रासस

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement