काठमाडौं (अस) । प्रभु क्यापिटलले ‘प्रभु क्यापिटल क्यासटिवल अफर’ सार्वजनिक गरेको छ । कम्पनीले चाडपर्वलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले १ लाख रुपैयाँसम्म जित्न सक्ने अवसर पाउने कम्पनीले जानकारी दिएको छ ।
एप डाउनलोड गरी रजिष्टर प्रक्रियाअनुसार आफ्नो डिम्याट खाता लिंक गरेर अफरमा सहभागी हुन सकिने कम्पनीको भनाइ छ । अफरमा मासिक तीनजना विजेताले २ हजारदेखि ५ हजार रुपैयाँसम्म जित्न सक्ने र बम्पर उपहारमा एकजना विजेताले १ लाख रुपैयाँ जित्न सक्ने अवसर पाउने बताइएको छ । यसअघि नै एप डाउनलोड गरिसकेका हितग्राहीले पनि सहभागी हुन सक्ने उक्त अफर लागू भइसकेको र छठ पर्वसम्म सञ्चालनमा रहने कम्पनीले जानकारी दिएको छ ।