ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

२ अर्ब ३७ करोडको खरानी आयात

२०७९ साउन, ११  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । दुई दिनअघि सभामुख अग्निप्रसाद सापकोटाले नेपालमा भइरहेको खरानी आयातप्रति चिन्तित हुँदै हरियो वन प्रशस्त हुँदाहुँदै यो चिज आयात भइरहेकोमा दुखेसो पोखे । तर, नेपालमा अहिले आयात भइरहेको खरानी सभामुख सापकोटाले भनेजस्तो दाउरा बालेर निस्केको चिज होइन ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा भारतबाट चार प्रकारका खरानी आयात हुँदा दाउरा बालेर निस्केको खरानी आयात भएको छैन । गतवर्ष नेपालमा तामायुक्त अवशेष, अन्य धातुयुक्त अवशेष, शहरी फोहोर समुद्री झारको खरानी आयात भएको हो । ती खरानी आयात हुँदा २ अर्ब ३७ करोड रुपैयाँ बाहिरिएको छ । यसरी आयात भएको खरानी औद्योगिक कच्चा पदार्थ हो । उक्त खरानी तामाका वस्तु, धातुजन्य उत्पादन, सिमेन्ट र अन्य औद्योगिक कच्चा पदार्थको रूपमा उपयोग हुने गरेको छ । अहिले आयात भइरहेका खरानीमध्ये एचएसकोड २६२११००० अर्थात् शहरी फोहोरको खरानी मात्र नेपालमै उत्पादन गर्न सकिन्छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement