ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

१० प्रतिशतले पूँजी बढाएको स्ट्याण्डर्ड चार्टर्ड बैंकले कमायो २ अर्बभन्दा बढी नाफा 

२०७९ साउन, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ११, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकले रू. २ अर्ब २६ करोड ९८ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ६२ दशमलव २७ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष बैंकले रू.१ अर्ब ३९ करोड ८८ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्ष बैंकको सञ्चालन नाफा भने ६१ दशमलव ५४ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू. २ अर्ब १ करोडभन्दाबढी सञ्चालन नाफा गरेको बैंकले गत वर्ष रू. ३ अर्ब २५ करोडभन्दा बढी यो नाफा गरेको हो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू.१ अर्ब ५९ करोडभन्दा बढी रहेको छ । 

गत वर्ष १० प्रतिशत बोनस शेयर वितरण गरी बैंकले चुक्तापूँजी रू. ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार पु¥याएको छ । रिटेन्ड अर्निग रू. २ अर्ब ९१ करोडभन्दा बढी रहेको बैंकको जगेडा कोष रकम रू. ५ अर्ब ७६ करोडभन्दा बढी छ । बैंकले गत वर्ष रू. ९३ अर्ब ७२ करोड १९ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. ७९ अर्ब १७ करोड ३९ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष शून्य दशमलव ९६ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ५९ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. २४ दशमलव शून्य ७ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १९२ रहेको छ ।

वित्तिय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement