ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अपर हेवाखोला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल 

२०७९ साउन, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ११, काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी  अभिलेख राख्ने, दाखिला खारेज ,नामसारी,रोक्का राख्ने लगायत सम्पूर्ण कार्य गर्न एनएमबि क्यापिटललाई नियुक्त गरेको हो ।

यी सम्पूर्ण शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न कम्पनीले साउन ११ गते देखि एनएमबि क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीको आईपीओ सूचीकरण प्रक्रियामा रहेको छ । कम्पनीले असार २४ गते देखि २९ गते सम्म १५ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । 

उक्त आईपीओ असार ३२ गते बाँडफाँट भएको थियोे । कम्पनीले रितपूर्वक आवेदन दिएका योग्य १४ लाख ५२ हजार ५७३ जना आवेदकमध्येबाट १ लाख ३९ हजार ५ सय जना आवेदकलाई १०/१० कित्ताका दरले शेयर बाँडफाँट गरेको थियो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement