ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एनसीसी बैंकको  लिलामी शेयरमा आवेदन दिने बुधवार अन्तिम दिन

२०७९ साउन, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ११, काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्श बैंक (एनसीसी) को लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज (बुधवार) सम्म रहेको छ । 

कम्पनीले असार २९ गते देखि २६ लाख ३३ हजार १३६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको थियो । उक्त शेयरमा कम्पनीका संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघ संस्थाले बुधवार कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १३१ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । यस अवधिमा प्राप्त बोलपत्रहरू साउन १२ गते बिहान १० बजे सनराइज क्यापिटलमा खोलिने कम्पनीले जनfएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement