साउन ११, काठमाडौं। स्थानीय बजारमा बुधवार सुनको मूल्य प्रततोला २०० रुपैयाँले घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलवार सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार १५५ रुपैयाँ कायम भएको हो । अघिल्लो दिन चाँदी १ हजार १५० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ । आज न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७१५ दशमलव ७ डलर पुगेको छ ।
आज डलर को मूल्य बढेको छ । एक अमेरिकी डलरको विक्रीदर १२७ रुपैयाँ ९६ पैसा कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको विक्रीदर १२७ रुपैयाँ ८८ पैसा थियो ।