साउन ११, काठमाडौं । बुधवार नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्रबैंकद्वारा निष्कासन गरिएको कुल रू. ३५ अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो ।
२०८४ “छ” नामक विकास ऋणपत्र ५ वर्ष अवधिको लागि रू. १५ अर्ब बराबरको, २०८४ “ज” नामक विकास ऋणपत्र ५ वर्ष अवधिको लागि रू. १५ अर्ब र २०८५ “च” नामक विकास ऋणपत्र ६ वर्ष अवधिको लागि रू. ५ अर्ब बराबरको गरेर कुल रू. ३५ अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो । २०८४ “छ” नामक विकास ऋणपत्र वार्षिक ९ दशलमव १९ प्रतिशत ब्याजदरमा असार ८ गते निष्कासन गरिएको थियो ।
यसको साँवा भुक्तानी २०८४ असार ८ गते हुनेछ । त्यसैगरी २०८४ “ज” नामक विकास ऋणपत्रको वार्षिक ९ दशलमव ०२ प्रतिशत ब्याजदरमा असार १५ गते निष्कासन गरिएको थियो । ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १५ गते हुनेछ । त्यस्तै २०८५ “च” नामक विकास ऋणपत्रको वार्षिक ८ दशमलव ४९ प्रतिशत ब्याजदरमा असार २२ गते निष्कासन गरेको थियो । यसको साँवा भुक्तानी २०८५ असार २२ गते हुनेछ ।