ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

विन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

२०७९ साउन, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन ११, काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डभेलपमेण्न्ट कम्पनीको आईपीओ  बुधवार नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको १ करोड कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव कम्पनीको शेयर बिहीवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेप्सेले पहिलो कारोबारको लागि १११ दशमलव ३४ देखि ३३४ दशमलव ०२ मूल्य रेञ्ज तोेकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दका लागि निष्कासन गरेको १० लाख कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको १५ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ७५ लाख गरेर कुल १ करोड कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

साथै कम्पनी सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा सानिमा क्यापिटल लिमिटेड नक्सालबाट दिने नेप्सेमार्फत जानकारी दिएको छ । कम्पनीको स्टक सिम्बोल बिएचडिसी रहेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement