ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

चीनमा घरजग्गा विक्री ३० प्रतिशतले घट्दै, २००८ को भन्दा खराब बन्दै बजार  

२०७९ साउन, ११  
समाचार घरजग्गा
Image Not Found
author avatar अभियान संवाददाता

साउन ११, पेचिङ (चीन) । यो वर्ष चीनको घरजग्गा बजारका लागि निकै खराब रहने देखिएको छ ।

एसएन्डपी ग्लोबल रेटिङले गरेको प्रक्षेपण अनुसार यो वर्ष चीनभरमा घरजग्गाको विक्री करीब ३० प्रतिशतले घट्नेछ । यो यस अघि गरिएको प्रक्षेपणको तुलनामा झन्डै दोब्बर हो । यस वर्षको अपेक्षित कमी सन् २००८ को विश्वव्यापी वित्तीय संकटको बेलाको भन्दा पनि खराब हुनेछ । त्यतिबेला चिनियाँ घरजग्गा बजारमा विक्री लगभग २० प्रतिशतले घटेको थियो ।

जुनको अन्त्ययता नै चिनियाँ घर क्रेताहरुले झन्डै सय ओटा पूरा नभएका परियोजनामा परियोजना पूरा नभएसम्म पैसा नतिर्ने भन्दै आफ्नो धितो कर्जा भुक्तानी तिर्न अस्वीकार गरेको खबरहरु आइरहेका छन् । चीनमा अधिकांश घरहरु निर्माण सम्पन्न हुनु अगाडि नै विक्री भइसक्छन् । यो निर्माता कम्पनीहरुका लागि नगद प्रवाहको राम्रो स्रोत पनि हो ।

गएको दुई वर्षयता चीन सरकारले वृद्धि विकासका लागि कर्जामा अति नै निर्भर कम्पनीहरुमाथि कडाई गर्न थालेपछि कयौं व्यवसायहरुलाई आवश्यक रकम जुटाउनै सकस भइरहेको छ । अहिले  खरीदकर्ताहरुले  कर्जा तिर्न नमानेपछि घरजग्गा बजारको मनोबल खस्किन थालेको छ । यही वर्ष पुनःबहाल हुने भनिएको चीनको घरजग्गा बजारमा आगामी वर्ष मात्रै पुनःबहाली हुने एसएन्डपी ग्लोबल रेटिङ्सका निर्देशक इष्थर लिउ भन्छिन् ।

घरजग्गाको विक्री घटेपछि आर्थिक कठिनाईमा फस्ने कम्पनीहरुको संख्या बढ्ने उनको भनाइ छ । अवस्था अहिले नै नियन्त्रणमा लिइएन् भने यसको प्रभाव अहिले स्वस्थ अवस्थामा रहेका घरजग्गा व्यवसायहरुमा पर्ने सक्ने चेतावनी पनि उनले दिएकी छिन् । खरीदकर्ताहले आफूले पैसा तिरिसकेको अपार्टमेन्ट पाएनन् भने सामाजिक अशान्तिको अवस्था आउने सम्भावना पनि उनले औंल्याएकी छिन् । 

केही हप्तायता धितो कर्जाको किस्ता भुक्तानी नगर्नेको संख्या बढेको भएपनि प्रणलीगत वित्तीय संकट नै भने नआउने विश्लेषकहरुले बताइरहेका छन् । एउटा छुट्टै नोटमा मंगलबार एसएन्डपीले भुक्तानी स्थगनले ९७ करोड ४० लाख युआन प्रभावित हुन सक्ने बताएको छ । यो भनेको चीनको कूल धितो कर्जाको २ दशमलव ५  प्रतिशत र कूल कर्जाको शून्य दशमलव ५ प्रतिशत मात्रै भएको बताइएको छ ।

घरको मूल्यमा तीव्र कमी आयो भने चाँहि यसले वित्तीय बजारको स्थीरतामा खतरा उत्पनन गराउन सक्ने सो नोटमा एसएन्डपीले भनेको छ । घरजग्गा बजारमा मन्दी लम्बिन थालेपछि चिनियाँ नीतिनिर्माताहरुले डेभलपरहरुलाई टेवा दिन बैंकहरुलाई प्रेरित गरेका छन् भने, निर्माणधिन अपार्टमेन्ट भवनहरु सम्पन्न गर्नमा जोड पनि दिइरहेका छन् । मध्य मार्चयता अधिकारीहरुले ‘सट्टेबाजी गर्न होइन बस्नका लागि घर’ भन्ने मन्त्र जप्दै घरजग्गा बजारलाई टेवा बढाइरहेका छन् । तर यी टेवा र सहायता हरु अहिलेको अवस्थालाई खराब  हुनबाट रोक्न पर्याप्त नभएको लिउ बताउँछिन् । एजेन्सी 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement