ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कानूनी मान्यतापछि चियादेखि मञ्जनसम्ममा गाँजाको प्रयोग, ५ वर्षमा ३ अर्ब डलरको उद्योग हुने

२०७९ साउन, ११  
अन्तरराष्ट्रिय
Image Not Found

काठमाडौं (अस) ।  पछिल्लो समय थाइल्यान्डका व्यवसायहरुले गाँजा मिसाइएका उत्पादनको विक्रीबाट मनग्गे फाइदा गरिरहेका छन् ।

सरकारले गाँजालाई कानूनी मान्यता दिएपछि पछिल्लो सयम मञ्जनदेखि दूधको चिया र साबुन देखि स्न्याक्ससम्म सबैमा गाँजाको प्रयोग हुन थालेको छ ।

मस्त निन्द्रा र सहज सुताईका लागि समेत गाँजा हालेर तयार पारिएका पेय पदार्थहरुको सेवन गर्ने क्रम बढ्दो छ । चिया व्यापारीहरुले चियामा समेत गाँजा राखेर बनाउन थालेका छन् । 

थाइल्यान्डले सन् २०१८ मा औषधिजन्य र अनुसन्धान प्रयोजनमा गाजाँको प्रयोगलाई अनुमति दिएको थियो । यस्तो गर्ने थाइल्यान्ड दक्षिण एशियाको पहिलो देश हो । गएको महीना भने त्यहाँको सरकारले गाँजाको बोटलाई कानूनी मान्यता दिएको छ ।

गाँजालाई लागू औषधको सूचिबाट बाहिरि निकालिएसँगै मनोरञ्जनात्मक प्रयोजनका लागि गाँजाको प्रयोग बढेको छ । खाद्य तथा औषधि नियामकहरुले अनुमति दिएका व्यवसायिक प्रयोजनका उत्पादनहरुमा प्रयोगकर्ताहरुलाई नसा नलाग्ने मात्रामा क्यानाबिडियोल (सीबीडी) अर्थात् गाँजामा हुने केमिकल राख्न पाइनेछ । तर हरेक प्रडक्टमा नियामकहरुले नटेट्राहाइड्रो क्यानाबिडियोल भने शून्य दशलमव २ प्रतिशतसम्ममा सीमित गरेका छन् ।  

थाइल्यान्डमा परम्परागत औषधिहरुमा पीडा कम गर्न र दुखाईबाट राहतका लामो समयदेखि गाँजाको प्रयोग हुँदै आएको छ । अहिले भने यसको प्रयोगका लागि नयाँ नयाँ तरिका ल्याइएको छ । गिजाको हेरचाहका लागि एउटा कम्पनीले सीबीडी भएको दन्त मञ्जन बनाएको छ ।

केही मिठाई पसलेहरुले गाँजा हालेर बनाइएको मिठाई बेचिरहेका छन् । चकलेट, क्यान्डी, सौन्दर्य प्रशाधन, आदिमा पनि गाँजाको प्रयोग भइरहेका छन् । आगामी ५ वर्षभित्र थाइल्यान्डको गाँजा उद्योग ३ अर्ब डलरभन्दा माथि उक्लिने त्यहाँका स्वास्थ्य मन्त्री अनुतिन चर्नभिराकुलले बताएका छन् ।

सकारात्मक तवरले गाँजा प्रयोग गरेर बनाइएका उत्पादनहरु बेचेर मानिसहरु धनी भएको आफूले हेर्न चाहेको उनको भनाइ छ । आफूहरुले औषधि र स्वास्थ्य हेरचाहको प्रयोजनका लागि गाँजामा ध्यान केन्द्रित गरेको र यसको अन्य प्रयोगलाई प्रोत्साहन नगरिएको पनि उनले स्पष्ट पारेका छन् ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement