ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

६ कारोबार दिनमा शिवम् सिमेन्टको रू. १ अर्बभन्दा बढीको शेयर खरीदविक्री, किन हुँदै छ सर्वाधिक किनबेच ?

२०७९ साउन, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

 साउन ११, काठमाडौं । ६ कारोबार दिनमा शिवम् सिमेन्टको मात्रै रू. १ अर्बभन्दा बढीको शेयर खरीदविक्री भएको छ ।

६ करोबार दिनमा कम्पनीको सर्वाधिक टप १ मा शेयर खरीदविक्री हुँदै आएको छ । बुधवार पनि कम्पनीको रू. १७ करोड ९४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीले बोनस शेयर दिने हल्ला भएसँगै सर्वाधिक शेयर खरीदविक्री भएको लगानीकर्ताले बताएका छन् ।

हालसम्ममा कम्पनीले लाभांशसम्बन्धी कुनै सूचना पनि जारी गरेको छैन । कम्पनीले विगत चार आवमा आफ्ना शेयरधनीलाई नगद लाभांश मात्र दिँदै आएको छ । आव २०७७\७८ सम्मको सञ्चित नाफाबाट शेयरधनीलाई २९ प्रतिशत नगद लाभांश दिएको थियो ।

कम्पनीको शेयर मूल्य ५२ हप्ताको उच्च प्रतिकित्ता रू. १ हजार ९१० सम्म पुगेको थियो भने न्यून विन्दु रू. ६५४ सम्म आएको थियो । कुनै पनि कम्पनीले आधिकारिक रूपमा लाभांशको सूचना जारी  नगर्दै अस्वाभाविक शेयर खरीदविक्री लगायत मूल्य बढाउनु अनुचित मानिन्छ ।

यस्तो अवस्थामा नियामक निकायले ध्यान दिनु जरुरी छ । लगानीकर्ताले पनि हल्लाको भरमा शेयर खरीदविक्री गर्नुभन्दा पनि कम्पनीको आधिकारिक सूचना लगायत आधारभूत पक्ष र प्राविधिक पक्षलाई हेरेर लगानी गर्नुपर्ने हुन्छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ६५ करोड ४८ लाख नाफा कमाएको छ भने चुक्तापूँजी रू. ४ अर्ब ४० करोड रहेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement