ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एसईईको नतिजा सार्वजनिक, यहाँबाट हेर्नुहोस रिजल्ट

२०७९ साउन, ११  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बुधवार एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

बोर्डका अनुसार यो वर्षको कक्षा १० अर्थात एसईई परीक्षामा ५ लाख १४ हजार विद्यार्थी सहभागी भएका थिए । जसमा   ४ लाख ९५ हजार ७५१ जना बिद्यार्थीको नतिजा सार्वजनिक गरिएको छ  । ​ 

एसईई परीक्षामा प्रदेश नम्बर १ बाट कुल ८४ हजार ४९१ परीक्षार्थी उत्तीर्ण भएका छन् । विभिन्न जीपीए ल्याएर सो संख्यामा विद्यार्थी उत्तीर्ण भएका हुन् । 

यस्तै मधेश प्रदेशबाट ७६ हजार ८४७ जना परीक्षार्थी उत्तीर्ण हुँदा बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ७ हजार ४२५ जना उत्तीर्ण भएका छन् । 
यसैगरी गण्डकी प्रदेशबाट ४६ हजार १२९, लुम्बिनी प्रदेशबाट ४६ हजार ४८७, कर्णालीबाट ३७ हजार ३६२ र सुदूरपश्चिम प्रदेशबाट ५७ हजार १० जना उत्तीर्ण भएका छन् ।

यस वर्षको परीक्षामा २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र थिए  । गत वैशाख ९ देखि २० गतेसम्म देशभर एकसाथ २ हजार परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

एसईईको नतिजा एसएमएस, नेपाल टेलिकमको आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । टेलिकमकै १६०० नम्बरमा डायल गरेर प्राप्त निर्देशन अनुसार पनि नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ ।

यसैगरी राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिन्छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement