ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नबिल इन्भेष्टमेन्ट बैंकिङद्वारा पिच–निक सेवा शुरू

२०७९ साउन, १२  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । नबिल इन्भेष्टमेन्ट बैंकिङ कम्पनीले पिच–निक सेवा शुरू गरेको छ । कम्पनीले उद्यमी बन्न तथा व्यावसायिक गतिविधि सञ्चालन गर्न चाहने व्यक्ति तथा संस्थाहरूलाई लक्षित गर्दै सो सेवा शुरू गरेको हो । व्यावसायिक गतिविधि सञ्चालन गर्न चाहने व्यक्ति तथा संस्थाहरूलाई संस्थागत परामर्श दिने उद्देश्यले सो सेवाको शुरुआत गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार सो सेवा प्रत्येक नेपाली महीनाको अन्तिम शुक्रवार दिइनेछ ।

कम्पनीले भविष्यमा सञ्चालनमा ल्याउन लागेको विशिष्टीकृत लगानी कोष अन्तर्गतको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोषहरूमार्फत उद्यमीहरूलाई व्यवसाय शुरू गर्न सजिलो होस् भन्ने चाहेको बताएको छ । साथै त्यस्ता व्यवसायीलाई  व्यवसायको सृजनात्मक र गुणात्मक विस्तार गरी भेन्चर क्यापिटलको व्यवस्थामार्फत लगानीको वातावरण सहज गरिदिने पनि कम्पनीले जानकारी दिएको छ । सो सेवा स्टार्टअप र हुर्कने अवस्थामा रहेका कम्पनीका लागि आवश्यक हुने कम्पनीको भनाइ छ । भेन्चर क्यापिटल अन्तर्गत परामर्शदाताले लगानीकर्ता र व्यवसायलाई लगानीको दृष्टिकोणले जोड्ने पुलका रूपमा काम गर्ने बताइएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement