ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आईक्यानद्वारा मुक्तिनाथ विकास बैंक पुरस्कृत

२०७९ साउन, १२  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत मुक्तिनाथ विकास बैंकलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले पुरस्कृत गरेको छ । आईक्यानले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणालीमार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरूलाई पुरस्कृत गर्दै आएको छ । सोही अनुसार बैंकलाई पनि पुरस्कृत गरिएको बैंकले जानकारी दिएको छ । विभिन्न विधाहरूमध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७७/७८ का लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत पुरस्कार मुक्तिनाथ विकास बैंकले पाएको बताइएको छ । यसअघि बैंकले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा पनि सो पुरस्कार पाएको थियो । यससँगै लगातार तीनपटक पुरस्कृत भएको बैंकले दाबी गरेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement