ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रम दोस्रो ब्याचका लागि आवेदन खुला

२०७९ साउन, १२  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रम दोस्रो ब्याचका लागि आवेदन खुला गरिएको छ । नबिल बैंकले पहिलो ब्याचको सफलतापूर्वक सञ्चालन गरे सँगै दोस्रो ब्याचका लागि आवेदन खुला गरेको हो ।

बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल अफ सोसल आन्त्रप्रेनरशिप इण्डियाको प्राविधिक सहयोगमा आवेदन माग गरेको हो । सो कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत पुर्‍याउने विश्वास बैंकले लिएको छ ।

कार्यक्रम अन्तर्गत कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधि लगायत क्षेत्रमा आवेदन माग गरिएको बैंकले जानकारी दिएको छ । १८ वर्ष उमेर पूरा भएर ५० वर्ष ननाघेका नवीनतम सोच भएका नेपालीले आवेदन दिनसक्ने बैंकले बताएको छ । सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्य अनुसार सो कार्यक्रम ६ महीनासम्म चल्नेछ ।

कार्यक्रममा हरेक महीना तीन दिन आवासीय छलफल र बाँकी दिन प्रयोगात्मक अभ्यास गरिनेछ । तालीम अवधिभर तथा बाँकी ६ महीना गरी १ वर्षका लागि सबै सहभागीलाई मेन्टरको व्यवस्था गरिएको छ । मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यावहारिक कठिनाइ समाधानका लागि बैंकले सहयोग गर्ने बताइएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement