ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्रहरी अधिकृतलाई मानव बेचबिखनविरुद्ध कानूनी तालीम

२०७९ साउन, १२  
विविध
NA

काठमाडौं (अस) । मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा अनुसन्धान गर्दै आएका प्रहरी अधिकृतहरूलाई कानूनी तालीम दिइएको छ । मानव अधिकारका लागि जनमञ्चको आयोजना, मानव बेचबिखन अनुसन्धान ब्यूरोको समन्वय र आइरेक्सको सहयोगमा ६७ प्रहरी अधिकृतलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्धको कानूनी तालीम दिइएको हो ।

सहभागीहरूलाई प्रशिक्षण दिन नेतृत्व गरेका अधिवक्ता तथा श्रम आप्रवासन विज्ञ सोम लुइँटेलले मानव बेचबिखन गम्भीर अपराधको रूपमा देखापरेकाले विभिन्न सञ्जाल निर्माण गर्न आवश्यक भइसकेको बताए । बुधवार समापन कार्यक्रममा अतिरिक्त प्रहरी महानिरीक्षक तथा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख उत्तम सुवेदीले मानव बेचबिखन र ओसारपसार नयाँ नयाँ तरीकाबाट भइरहेको भन्दै प्रहरीलाई दक्ष बनाउन आवश्यक रहेको बताए ।

विभिन्न सामाजिक सञ्जालको माध्यमबाट अपराध बढिरहेको समेत उनले बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement