ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

लुम्बिनी विकास बैंकका अध्यक्षद्वारा शपथ ग्रहण

२०७९ साउन, १२  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्ष प्रविणकृष्ण श्रेष्ठले शपथ ग्रहण गरेका छन् । बैंक सञ्चालक समितिले श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेपछि उनले शपथ लिएका हुन् ।

श्रेष्ठले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनासमक्ष बुधवार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको शिक्षा हासिल गरेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (साविकको नेपाल ग्रिण्डलेज बैंक) र माछापुच्छ«े बैंकको उच्च व्यवस्थापन तहमा रहेर काम गरिसकेका उनीसँग बैंकिङ क्षेत्रमा करीब २ दशकको अनुभव छ ।

श्रेष्ठ विगत ४ वर्षदेखि लुम्बिनी विकास बैंकको सञ्चालक रहेका थिए । उनको कुशल नेतृत्वमा बैंकले थप प्रगति गर्ने विश्वास लिइएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement