ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

टीभीएसको नयाँ शोरूम सञ्चालनमा

२०७९ साउन, १२  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपालका लागि टीभीएस टू ह्वीलर्सको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । कम्पनीले काभ्रेपलाञ्चोकको भकुन्डेबेसी–७ नमोबुद्धमा नयाँ शोरूम ‘नमो बुद्ध अटो पार्ट्स’ सञ्चालनमा ल्याएको हो । सो शोरूमबाट ग्राहकलाई टीभीएस मोटरसाइकल तथा स्कूटरको विक्री, सेवा र स्पेयर पार्ट्स उपलब्ध गराइने कम्पनीले बताएको छ । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले टीभीएसका ग्राहकलाई थप राम्रो सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ शोरूम सञ्चालनमा ल्याइएको बताए ।

‘टीभीएसमा ग्राहकलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैं प्रयासरत छौं,’ उनले भने, ‘ग्राहकलाई थप प्रभावकारी र छिटोछरितो सेवा दिन नयाँ सुविधा थपिएको हो । टीभीएसले निरन्तर रूपमा आफ्ना ग्राहकको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिइरहेको छ ।’

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement