ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

‘सीसीटीभी फुटेज सुरक्षित नभएको अनुमान गर्न सकिँदैन’

२०७९ साउन, १२  
समाचार
Image Not Found

काठमाडौं (अस) । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गर्न लगाएको आरोपबारे छानविन गर्न गठित संसदीय विशेष समितिले अध्ययन गरिरहेको बेला सर्वोच्च अदालतले अर्थ मन्त्रालयका सीसीटीभीले खिचेका फुटेज सुरक्षित छैनन् भनेर अनुमान गर्न नसकिने उल्लेख गरेको छ ।

अर्थलगायतका मन्त्रालयमा जडित सीसीटीभीले कैद गरेका डाटा सुरक्षित नभएको उल्लेख गर्दै त्यस्ता डाटा सुरक्षित राख्न आदेश माग्दै अधिवक्ताद्वय सरोजकृष्ण घिमिरे र बाबुराम अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मन्त्रालयमा रहेका सीसीटीभी क्यामराले कैद गरेका डाटा सुरक्षित नभएको अनुमान गर्न नसकिने उल्लेख गरेको हो ।

सर्वोच्चको आदेशमा सिंहदरबार देशको प्रमुख प्रशासकीय परिसर भएकाले सोको सुरक्षासमेतलाई दृष्टिगत गर्दा सम्बन्धित निकायले सीसीटीभीले कैद गरेका डाटा सुरक्षित राखेका छैनन् भन्ने अनुमान गर्न नसकिने हुँदा यसमा तत्काल अन्तरिम आदेश जारी गरिरहन नपर्ने भनेको छ ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement