ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एक वर्षमा १ हजार ८०७ विद्युतीय गाडी आयात

२०७९ साउन, १२  
समाचार यातायात
Image Not Found

काठमाडौं । सरकारले विद्युतीय गाडी आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्कमा छूट दिएपछि एक वर्षमा १ हजार ८०० भन्दा बढी विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार नेपालमा गत आर्थिक वर्ष २०७८/७९ मा १ हजार ८०७ ओटा विद्युतीय चारपांग्रे सवारीसाधन आयात भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २६१ मात्रै विद्युतीय चारपांग्रे सवारीसाधन आयात भएको थियो । अघिल्लोे आर्थिक वर्षसम्म न्यून मात्रामा नेपाल भित्रने गरेको विद्युतीय गाडीमा सरकारले गत आर्थिक वर्षको बजेटमार्फत भन्सार र अन्तःशुल्कमा छूट दिएको थियो । सरकारले बजेटमार्फत नै भन्सार तथा अन्तःशुल्कमा छूट दिएपछि आयात बढेको व्यवसायी बताउँछन् ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट भित्रिएका छन् । चीनबाट १०० किलोवाटका १६७ र १५० देखि २०० किलोवाट क्षमताका ६९६ ओटा विद्युतीय  गाडी नेपाल भित्रिएका हुन् ।

चीनपछि भारतबाट धेरै विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भारतबाट १०० किलोवाट क्षमताका ६९६, दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताका १३२ र फ्रान्सबाट सोही क्षमताको एउटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । यस्तै बेलायतबाट १०० देखि १५० किलोवाट क्षमताका १३, दक्षिण कोरियाबाट १०० देखि २०० किलोवाट क्षमताका ५२ ओटा विद्युतीय गाडी आयात भएको छ । यस्तै जापान र बेलायतबाट सोही क्षमताका क्रमशः ७८ र चारओटा गाडी नेपाल आएका छन् ।

यसैगरी बेलायतबाट २०० देखि ३०० किलोवाट क्षमताका चार र ३०० क्षमताभन्दा माथिका दुईओटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । १ वर्ष अवधिमा १ हजार ८०७ ओटा विद्युतीय गाडी नेपाल भित्रँदा रू. १ अर्ब ४३ करोड ९२ लाख राजस्व संकलन भएको छ । सरकारले देशमा विदेशी मुद्रा सञ्चितिमा कमी भएको भन्दै डिजेल र पेट्रोलबाट सञ्चालित गाडी आयातमा रोक लगाउँदा तथा बजेटमा छूट दिँदा विद्युतीय गाडी आयातमा वृद्धि भएको व्यवसायीले बताएका छन् । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement