ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०७९ साउन, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १२, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज (साउन १२ गते बिहीवार) अन्तिम दिन रहेको छ । 

कम्पनीले साउन ९ गते देखि रू.११ करोड ७६ लाख ७ हजार ३०० बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेको हो । यो मध्ये ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणको लागि निष्कासन गरेको हो । 

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

उक्त आईपीओमा विक्री प्रबन्धकको काम बीओके क्यापिटलसँगै सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ । ।  

कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement