ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एनएमबि क्यापिटलले साउन २६ गतेदेखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –२ निष्कासन गर्ने 

२०७९ साउन, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १२, काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गतेदेखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –२ नामक (बन्दमुखि योजना) म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटले साउन २६ गतेदेखि निष्कासन गर्ने भएको हो । 

क्यापिटलले प्रति इकाई रु.१० अंकित दरको १२ करोड इकाईमध्ये १ करोड ६८ लाख इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याएको छ भने बाँकी रहेको  १० करोड २० लाख इकाईका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

उक्त इकाईमा न्युनतम १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्मका लागि आवेदन दिन सकिनेछ  ।

सो योजनाको इकाईका लागि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग मबोजिम आवेदन नपरेमा भदौ ९ गतेसम्म थप हुनेछ ।

यस योजनाको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

यस योजनाको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्षको हुनेछ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement