ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८९ करोडभन्दा बढी 

२०७९ साउन, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १२, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८९ करोड ५४ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

बैंकले सार्वजनिक गरेको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफाभन्दा वितरणयोग्य नाफा बढी देखिएको हो । बैंकले गत चौथो त्रैमाससम्म २ अर्ब ५४ करोड ६० लाख रूपैयाँ भन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ४३ दशमलव ७७ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष सो अवधिसम्म बैंकले १ अर्ब ७७ करोड ९ लाख रूपैयाँ भन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्ष बैंकको सञ्चालन नाफा ४२ दशमलव ८२ प्रतिशत बढेको छ । अघिल्लो वर्ष २ अर्ब ५४ करोड ८४ लाख रूपैयाँ रहेको सञ्चालन नाफा गत वर्ष ३ अर्ब ६३ करोड ९६ लाख रूपैयाँभन्दा बढी भएको हो ।

५ दशमलव ९७ प्रतिशत बोनस शेयर वितरण गरी बैंकको चुक्तापूँजी ९ अर्ब ४६ करोड ७३ लाख ४० हजार रूपैयाँ कायम भएको छ । बैंकको शेयर प्रिमियममा २३ करोड ८४ लाख रूपैयाँ र रिटेन्ड अर्निग ३ अर्ब ८९ करोड ५४ लाख रूपैयाँ रहेको छ । रिटेन्ड अर्निग अघिल्लो वर्षको तुलनामा गत वर्ष करिब ६५ प्रतिशत बृद्धि भएको हो । जगेडा कोष रकम भने शून्य दशमलव ५९ प्रतिशत कम ९ अर्ब ९ करोड २९ लाख रूपैयाँ रहेको छ ।

बैंकले अघिल्लो वर्षभन्दा ७ दशमलव ८१ प्रतिशत बढी १ खर्ब ७२ अर्ब ७३ करोड ९१ लाख रूपैयाँ निक्षेप संकलन गरेको छ भने १३ दशमलव ९३ प्रतिशत बढी १ खर्ब ४५ अर्ब ४७ करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

अघिल्लो वर्ष शून्य दशमलव १२ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव २४ प्रतिशत पुगेको छ । चौथो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २७ रूपैयाँ एक पैसा र प्रतिशेयर नेटवर्थ २४० रूपैयाँ ७३ पैसा छ ।

वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement