साउन १२, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल–१ असार मसान्तसम्म रू. १७ करोड ६८ लाखभन्दा बढी नोक्सानीमा रहेको छ ।
जेठ मसान्तसम्म रू. २० करोड २५ लाखभन्दा बढी नोक्सानीमा रहेको योजनाको नोक्सानी रकम असार महीनामा घटेको हो ।
फण्डको जेठ मसान्तसम्ममा जम्मा खर्च रू. २ करोड ४९ लाख रहेकोमा असार मसान्तमा रू. २ करोड ६९ लाख पुगेको हो । त्यस्तै, असार महीनामा रू. १४ करोड ९८ लाख नोक्सानी रहेकोमा सो नोक्सानी जेठ महीनासम्म १७ करोड ७६ लाख थियो ।
असार महीनामा प्रतिइकाइ खुद मूल्य (न्याभ) जेठ महीनाको तुलनामा बढेका छ । जेठ मसान्तसम्ममा फण्डको न्याभ रू. १२ दशमलव ८७ रहेकोमा असार महीनामा रू. १३ दशमलव १२ कायम भएको हो ।
फण्डको सूचीकृत शेयरमा लगानी भने घटेको छ । जेठ मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा रू. ५७ करोड २७ लाख लगानी रहेकोमा असार मसान्तसम्ममा घटेर रू. ५६ करोड ६१ लाख पुगेको छ । फण्डको मुद्दती निक्षेपमा १५ करोड रहेको छ ।
वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला
lagani karta ko sampati ko sahi manage navayeko proof ho yo. dhoka ra beimani vaye paxi k lagxa