ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कसुवा खोला हाईड्रोपावरको वार्षिक साधारणसभा भदौ २ मा

२०७९ साउन, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १२, काठमाडौं । कसुवा खोला हाईड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा भदौ २ गते गर्ने भएको छ । काठमाडौंकाे त्रिपुरेश्वरस्थित कार्यालयमा साधारणसभा गरिने कम्पनीले जानकारी दिएको छ। कम्पनीको साउन १० गते बसेको सञ्चालक समिति बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारणसभा प्रयोजनको लागि साउन १९ गतेदेखि भदौ २ गतेसम्म कम्पनीकाे बुक क्लाेज हुनेछ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement