ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पहिलो काराेवार दिनमै विन्ध्यबासिनी हाइड्रोपावरको शेयर मूल्यमा सर्किट

२०७९ साउन, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १२, काठमाडौं । विहीवार स्पेशल प्रि-ओपन सेसनमा विन्ध्यबासिनी हाइडोपावर डेभलपमेण्ट कम्पनीको पहिलो कारोबार भएको छ । कम्पनीको शेयर प्रतिकित्ता रू. ३३४ मा पहिलो कारोबार भएको हो ।

स्पेशल प्रि-ओपन सेसनमा कारोबारमा आएसँगै नियमित सेसनमा कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य १० प्रतिशत बढेर रू. ३६७ दशमलव ४० पुगेकाे हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा पनि कम्पनीको २२ हजार १५५ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 

बुधवार कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको १० लाख कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको १५ लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको ७५ लाख गरेर कुल १ करोड कित्ता साधारण शेयर सूचीकृत गराएको थियो । साथै कम्पनी सूचीकरणपश्चात दिनुपर्ने आरटीएस सेवा सानिमा क्यापिटल लिमिटेड, नक्सालबाट दिने जानकारी दिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement