ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

स्वाभिमान लघुवित्तको संस्थापक शेयर सर्वसाधारणको लागि विक्रीमा

२०७९ साउन, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १२, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर सर्वसाधारणको लागि विक्रीमा ल्याएको छ । कम्पनीले यसअघि विक्री नभएकाे १ लाख २० हजार ८५ कित्ता संस्थापक शेयर व्यक्ति वा संस्थाका लागि विक्री खुलाएकाे हाे ।

कम्पनीले विहीवार एक सूचना जारी गर्दै शेयर किन्न इच्छुकलाई १५ दिनभित्र आवश्यक कागजातसहित रूपन्देही, तिलोत्तमा-५ स्थित केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्ने जानकारी दिएको छ । 

कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै उक्त कित्ता शेयर संस्थापक शेयरधनीका लागि खुलाएकाे थियाे । तर, संस्थापक शेयरधनीले उक्त शेयरमा रुचि देखाएनन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement