ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ओम मेगाश्री फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल 

२०७९ साउन, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १२, काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त गरेको हो । बुधवार कम्पनी र प्रभु क्यापिटल बीच आईपीओ विक्री प्रबन्धक नियुक्तिका सम्बन्धमा सम्झौता भएको हो । कम्पनीको बानेश्वरस्थित कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

गैरआवसीय नेपालीसहित औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरू आबद्ध रहेकाे ओम मेगाश्रीमा इयू फर्माकाे टेक्निकल सपोर्ट छ ।  फर्मास्युटिकल्सले भरतपुरमा रहेकाे उद्योगबाट औषधी उत्पादन गरिरहेकाे छ । कम्पनीले युरोपियन गुड म्यानुफ्याक्चरिङ प्राक्टिसेज (जीएमपी) स्ट्यान्डर्ड अनुसार औषधी उत्पादन गर्दै आएको जनाएकाे छ ।

औषधी व्यवस्था विभागमा ५६ प्रकारका औषधी उत्पादनका लागि प्रक्रिया शुरु गरेकोमा कम्पनीले हाल ३१ प्रकारका विभिन्न औषधि उत्पादन गर्नका लागि अनुमति प्राप्त गरिसकेको छ । बाँकी उत्पादन स्वीकृतिको प्रक्रियामा रहेको अध्यक्ष श्रेष्ठले बताए । ओम मेगाश्री फर्मास्युटिकल्स क्षेत्रमा सर्वसाधारणमा शेयर जारी गर्ने पहिलाे कम्पनी हाे । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement