ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सयपत्री हाइड्रोपावरले शुक्रवारदेखि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने

२०७९ साउन, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १२, काठमाडौं ।  सयपत्री हाइड्रोपावर लिमिटेडले भोलि शुक्रवार अर्थात साउन १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । 

बाँकी ६ लाख ७० हजार ५८६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. २१ करोड रहेको छ । आईपीओ निष्कासन बाँडफाँटपश्चात् पूँजी रू. ३० करोड पुग्नेछ । 
उक्त समयमा सबै शेयर विक्री नभएमा भने साउन २७ गतेसम्म खुला रहनेछ । आईपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । 
 साथै, मेरो शेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । यो आईपीओको विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ ।

यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीले बाग्लुङ जिल्लामा २ दशमलव ५ मेगावाटको ‘दरम खोला ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement