ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि ,करीब ५ अर्ब बराबरको शेयर किनबेच

२०७९ साउन, १२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन १२, काठमाडौं । साताको पाँचौं कारोबार दिन बिहीवार नेप्से परिसूचक १५ दशमलव ४४ अंकले बढेको छ । नेप्से परिसूचक २ हजार १२७ दशमलव ४२ विन्दुमा पुगेको हो ।

कारोबारमा आएका २२१ धितोपत्रको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर ७२ हजार ४५० पटकमा रू. ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ बराबरको शेयर खरीदविक्री भएको छ ।

बिहीवार बजार खुलेको शुरूदेखि नै खरीदकर्ता आकर्षित भएकोमा अन्तिम प्रहरमा भने विक्रेता हाबी भएको देखियो । अन्तिम पाँच मिनेटमा नेप्से परिसूचक २ हजार १०७ विन्दुसम्म झरेकोमा पुनः खरीदकर्ता आकर्षित भएका छन् ।

आजै नेपाल धितोपत्र बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । बोर्डले नयाँ स्टक एक्सचेञ्जदेखि नयाँ ब्रोकर लाइसेन्स जारी गर्ने हल्ला बजारमा फैलिएको छ ।

ब्रोकरले अन्तिम समयमा बजार घटाउन सप्लाई दिएको एक लगानीकर्ता बताउँछन् । सोही कारण अन्तिम ५ मिनेटमा बजार १५ अंकसम्म घटेको थियो । तर पाँच मिनेटमा खरीदकर्ता नै आकर्षित भएका छन् ।

बजार बढ्दा लगानीकर्ताको आकर्षण कम पूँजी भएका कम्पनीको शेयरमा परेको देखिन्छ । बजार बढ्दा कम पूँजी भएका कम्पनीहरूको शेयर मूल्य छिट्टै माथि जाने भएकाले पनि लगानीकर्ताको आकर्षण गरेको हो ।

यद्यपि शेयर बजार घटबढ भइरहन्छ, लगानीकर्ताले लगानी गर्नुपूर्व बजारको ट्रेण्ड र कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल हुने देखिन्छ । कुल बजार पूँजीकरण रू. ३० खर्बभन्दा बढी रहेको छ । 

कारोबारमा आएका २२१ धितोपत्रमध्ये विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

यस कम्पनीको शेयर मूल्य धितोपत्रको दोस्रो बजारमा आजदेखि नै कारोबारमा आएको हो । सोही कारण कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । शेयर मूल्य प्रतिकित्ता रू. ३६७ दशमलव ४० कायम भएको छ ।

त्यसैगरी दोस्रोमा राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएर रू. १ हजार १७१ दशमलव २० पुगेको छ । 

बिहीवार सबैभन्दा बढी राधी विद्युत् कम्पनीको शेयर मूल्य ३ दशमलव ९१ प्रतिशत घटेको हो । शेयर मूल्य प्रतिकित्ता रू.६१५ कायम भएको छ । त्यसैगरी दोस्रोमा बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ३ दशमलव ८५ प्रतिशत घटेर रू. ३ सयमा झरेको छ । 

सर्वाधिक शेयर खरीदविक्री अरुण काबेली पावरको रू. १७ करोड ९६ लाख बराबरको भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५ सय कायम भएको छ ।

त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्टको रू. १५ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ५२ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ०३ प्रतिशत र अन्य समूहको परिसूचक शून्य दशमलव २० प्रतिशत घटेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक बढेको हो ।

समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी वित्त समूहको परिसूचक ३ दशमलव २७ प्रतिशत वृद्धि भएको छ। त्यसैगरी दोस्रोमा लगानी समूहको परिसूचक २ दशमलव ९३ प्रतिशत वृद्धि भएको हो । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement