ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

इक्रा नेपालद्वारा तीन हाइड्रोपावर कम्पनीलाई क्रेडिट रेटिङ प्रदान

२०७९ साउन, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १२, काठमाडौं । इक्रा नेपालले तीन हाइड्रोपावर कम्पनीलाई क्रेडिट रेटिङ प्रदान गरेको छ । उसले मिड सोलु हाइड्रोपावर लिमिटेड, गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेड र एपेक्स मकालु हाइड्रोपावर लिमिटेडलाई क्रेडिट रेटिङ प्रदान गरेको हो । 

इक्राले मिड सोलु हाइड्रोपावर लिमिटेडलाई (इक्रा एनपी–आईआर) डबल बी प्लस रेटिङ प्रदान गरेको छ । याे रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेकाे बुझाउँछ । 

यसैगरी गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेड र एपेक्स मकालु हाइड्रोपावर लिमिटेडलाई (इक्रा एनपी–आईआर) डबल बी माइनस रेटिङ प्रदान गरिएकाे छ । याे रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको बुझाउँछ । 

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी राय मात्र हो । यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले स्पष्ट पारेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement