ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मन्दाकिनी हाइड्रोपावरको आईपीओ १६ लाखभन्दा बढीले भरे, मागभन्दा साढे १६ गुणा बढी आवेदन

२०७९ साउन, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १२, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ खरिदका लागि  अन्तिम दिनसम्म १६ लाख १० हजार ९२६ जनाले आवेदन दिएका छन् ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार साउन १२ गते साँझ ५ बजेसम्म यी आवेदकहरूबाट १ करोड ८० लाख ८१ हजार १८० कित्ता शेयर खरीद माग भएको हो । जुन निष्कासनमा आएको शेयरभन्दा १६ दशमलव ५३ गुणा बढी खरीद माग हुन आउँछ ।

कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागिएको कुल कित्तामध्ये १० लाख ९३ हजार ७४९ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।  

प्रतिकित्ता १ सय रूपैयाँ अंकित मूल्यका कुल ११ लाख ७६ हजार ७३ कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याइएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । यस कम्पनीको अधिकृत पूँजी ६५ करोड रूपैयाँ छ भने जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार रूपैयाँ रहेको छ । कम्पनीको जारी पूँजीमध्ये संस्थापकहरूले तत्काल चुक्ता गरेको पूँजी ४१ करोड १६ लाख २५ हजार ९०० रूपैयाँ रहेको छ ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ८८ हजार ३७ कित्ता शेयर बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपश्चात् चुक्तापूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रूपैयाँ कायम हुनेछ ।

कम्पनीको संस्थापकतर्फ ७० प्रतिशत, आयोजना प्रभावित स्थानीयतर्फ १० प्रतिशत र कर्मचारीसमेत सर्वसाधारणतर्फ २० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । आईपीओ विक्रीबाट प्राप्त हुने रकम कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानी गर्ने काममा प्रयोग गर्ने बताएको छ ।

आर्थिक वर्ष २०७७\०७८ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी  ८४ लाख ४२ हजार रूपैयाँ संचित नाफामा रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ३ रूपैयाँ ६८ पैसा र प्रतिशेयर नेटवर्थ १०२ रूपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७८\७९ मा कम्पनीले ५ करोड ४९ लाखभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । त्यस्तै प्रतिशेयर आम्दानी ७ रूपैयाँ ९१ पैसा र प्रतिशेयर नेटवर्थ १०९ रूपैयाँ पुर्‍याउने प्रक्षेपण पनि कम्पनीको छ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement