ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सिटिजन्स बैंकका थप ३ शाखा सञ्चालनमा

२०७९ साउन, १३  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सिटिजन्स बैंकले काठमाडौं उपत्यकामा थप तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुरको सूर्यविनायक, काठमाडौंको धुम्बाराही र ललितपुरको थसिखेलमा शाखा सञ्चालनमा ल्याएको हो । यससँगै काठमाडौं उपत्यकामा बैंकको शाखा संख्या ३५ र मुलुकभर १८० पुगेको छ ।

सुविधासम्पन्न उक्त शाखाहरूमार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए । त्यस्तै साना तथा कर्पोरेट व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य लिइएको उनको भनाइ छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायत वित्तीय सेवा छिटोछरितो र चुस्तदुरुस्त रूपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता समेत बैंकले गरेको छ । प्रमुख कार्यकारी अधिकृत पोखरेलले स्तरीय बैंकिङ सेवा र सुशासनमा कुनै कमीकमजोरी हुन नदिन कर्मचारीलाई निर्देशन दिएका छन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement