ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपाल एसबिआई बैंक र होटेल बाराहीबीच सम्झौता

२०७९ साउन, १३  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । नेपाल एसबिआई बैंक र होटेल बाराही हस्पिटालिटी एण्ड लिजरबीच सम्झौता गरिएको छ । बैंकको डेबिट तथा भिसा कार्डमार्फत भुक्तानी गरेमा ग्राहकलाई छूट दिने सम्बन्धमा दुई संस्थाबीच सम्झौता गरिएको हो । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र होटेल बाराही हस्पिटालिटी एण्ड लिजरका आवासीय प्रबन्धक राजकुमार केसीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा हस्ताक्षर समारोहमा बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, व्यवसाय प्रवर्द्धन विभागका वरिष्ठ प्रबन्धक प्रविन मुनि वज्राचार्य र होटेल बाराहीकी सहायक प्रबन्धक केशरी लामाको समेत उपस्थिति थियो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement